बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कच्चा तेलको मूल्यमा भारी वृद्धि


    हुलाक प्रेस

    • आइतबार, पुस २८ २०८११०:२४
    कच्चा तेलको मूल्यमा भारी वृद्धि

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लुटीआई क्रुडको मूल्य ३.५८ प्रतिशतले बढेको छ ।  

    यो वृद्धिसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७६.५७ डलर पुगेको छ । यस्तै, ब्रेन्ट क्रुडको मूल्य पनि ३.६९ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७९.७६ डलर कायम भएको छ ।  

    अमेरिकाले रुसी तेल उद्योगमाथि अहिलेसम्मकै भारी प्रतिबनध लगाउने भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि देखिएको हो ।  

    रुसले युक्रेनमाथि गरेको आक्रमणका लागि गरिने प्रतिबन्धले चीन र भारतमा ठूलो मात्रामा भईरहेको रुसी तेल निर्यात प्रभावित हुने जनाइएको छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अमेरिका,युरोपेली युनियन र यसका साझेदारहरुले रुसी तेलमा प्रतिबन्ध लगाएसँगै चिनियाँ र भारतीय तेल प्रशोधनकर्ता रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेका छन् ।  

    विश्वभर आपूर्ति हुने कच्चा तेलमा रुसी तेलको हिस्सा १० प्रतिशत रहेको छ । रुसी कम्पनीहरुले आफ्नै ट्याङकर खरिद गरेर पश्चिमा कम्पनीसँग बीमा नगरेर रुसभित्रै तिनको बीमा गर्ने गरेको छ ।  

    अमेरिकाले अब भारतमा तेल निर्यात गर्ने जहाज बीमा प्रदायक इन्गोस्त्राख र अल्फात्राकखोभेनि र तेल उत्पादन कम्पनी गाजप्रोम नेफ्ट र सुरजुतनेफ्टगाजमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।  

    बाइडेन प्रशासनले कडा प्रतिबन्धका कारण विश्वव्यापी रुपमा तेल मूल्यमा भारी वृद्धि हुने जोखिमलाई सन्तुलन कायम राख्न गरेको प्रयासका कारण हालसम्म, सयौं जहाज र अधिकांश रूसी तेल व्यापारीहरू कठोर अमेरिकी प्रतिबन्धहरूबाट बच्न सफल भएका छन् । 


    प्रतिक्रिया दिनुहोस