बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य दुई दिनमा तोलामा २ हजार ५ सय रुपैयाँले बढ्यो


    हुलाक प्रेस

    • शुक्रबार, माघ ४ २०८१११:२१
    सुनको मूल्य दुई दिनमा तोलामा २ हजार ५ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार छ । सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

    बुधबार (अस्ति) छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । बुधबारको तुलनामा बिहीबार सुन तोलामा १२ सय रुपैयाँले बढेर कारोबार भएको थियो ।

    शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस