बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • १ लाख ८४ हजारले पाए गार्डियन माइक्रो लाइफको आईपीओ


    हुलाक प्रेस

    • आइतबार, माघ ६ २०८१११:०३
    १ लाख ८४ हजारले पाए गार्डियन माइक्रो लाइफको आईपीओ

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बाँडफाँड गरिएको छ। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज आइपीओ बाँडफाँड गर्दै १ लाख ८४ हजार ५ सय जना आवेदकमा आईपीओ वितरण गरेको हो। 

    गोलप्रथाबाट बाँडफाँडबाट १ लाख ८४ हजार सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त पाएका हुन्।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेका मा २ करोड ३२ लाख २ हजार ५ सय ४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो।
     


    प्रतिक्रिया दिनुहोस