बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • म्यानचेस्टर युनाइटेडले चेल्सीलाई हरायो


    हुलाक प्रेस

    • बिहीबार , मंसिर २१ २०८००९:०५
    म्यानचेस्टर युनाइटेडले चेल्सीलाई हरायो

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित गरेको छ। त्यस्तै, अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २-० ले पराजित गर्दै शीर्ष स्थानको आर्सनलसँगको अंक दुरी घटाएको छ।

    लिभरपुलको जितमा भान डाइकले ३७ औं मिनेटमा पहिलो गोल गर्दा इन्जुरी समयमा डोमिनिक जोबोस्जलाईले दोस्रो गोल गर्दै टिमको तीन अंक निश्चित गरेका थिए। जितपछि लिभरपुलको ३४ अंक भएको छ। शीर्ष स्थानको आर्सनलभन्दा लिभरपुल २ अंकले पछि छ।

    बुधबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई २-१ ले हराएको हो। युनाइटेडका लागि स्कट म्याकटोमिनेले सिजनमा दोस्रो पटक २ गोल गर्दा वर्ल्ड ट्राफोर्डमा प्रशिक्षक एरिक टेन हागलाई केही राहत मिलेको छ।

    खेलमा सुरुवातबाटै उत्कृष्ट देखिएको युनाइटेडले नवौं मिनेटमानै पेनाल्टीको अवसर पाएको थियो। तर उक्त अवसर ब्रुनो फर्नान्डेसले चुकाउन पुगेका थिए। तर म्याक्टोमिनयले १९ औं मिनेटमा टिमलाई अग्रता दिलाए। ह्यारी मगुरेको प्रहार गोलरक्षकले ब्लक गरेको बलमा म्याकटोमिनेले गोल गरेका थिए।

    यद्यपि चेल्सीलाई खेलमा फर्काउन हाफ टाइमभन्दा केहीअघि मात्र कोल पाल्मरले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा युनाइटेडले अग्रता बनायो।

    ६९ औं मिनेटमा अलेजेन्डर ग्रानाचोको पासलाई म्याकटोमिनेले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै टिमको तीन अंक निश्नित गरेका थिए।

    जितपछि युनाइटेड २७ अंकका साथ छैटौं स्थानमा छ। पराजित चेल्सी १९ अंकका साथ १० औं स्थानमा रहेको छ।


    प्रतिक्रिया दिनुहोस