काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खानु केही घण्टाअघि सोमबार वासिङ्टन डीसीमा र्याली आयोजना गरी सम्बोधन गरेका छन् ।
अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित ट्रम्पले आज जनवरी २० देखि कार्यभार सम्हाल्दै छन् । त्यसअघि ट्रम्पले वासिङ्टन डीसीमा आफ्ना हजारौँ समर्थकबीच आफ्नो चुनावी विजयको उत्सव मनाएका हुन् ।
त्यसमा उनले भने, ‘म ऐतिहासिक गति र शक्तिका साथ काम गर्नेछु । म हाम्रो देशले सामना गरिरहेको हरेक संकटलाई समाधान गर्नेछु ।’
ट्रम्पले थपे, ‘पदको शपथ लिएको केही घण्टाभित्र म बाइडेन प्रशासनका हरेक कट्टरपन्थी र मूर्खतापूर्ण कार्यकारी आदेश खारेज गर्नेछु ।’ यस क्रममा उनले सरकारी दक्षता विभागको प्रमुख बनाउने वाचा पनि गरे ।