बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुसले युक्रेनसँगको युद्ध अन्त्य नगरे थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी


    हुलाक प्रेस

    • बुधबार, माघ ९ २०८११०:१८
    रुसले युक्रेनसँगको युद्ध अन्त्य नगरे थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने बताएका छन् ।

    राष्ट्रपति पद सम्हालेपछि भएको पत्रकार सम्मेलनमा ट्रम्पले यस विषयमा सोधिएको प्रश्नको जवाफमा रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने अभिव्यक्ति दिएका हुन् ।

    ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग सम्पर्कमा रहेको र छिट्टै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।

    ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध सुरु नहुने पनि बताए । 

    ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा आफ्नो खर्च दुई प्रतिशतबाट बढाएर पाँच प्रतिशत पुर्याउनुपर्ने बताएका छन् ।


    प्रतिक्रिया दिनुहोस