बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढ्यो


    हुलाक प्रेस

    • बुधबार, माघ ९ २०८१११:४६
    सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढ्यो

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १९ सय रुपैयाँ बढेको हो । 

    मंगलबार एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको सुनको मूल्य १९ सय रुपैयाँ वृद्धि हुँदै एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । मंगलबार एक हजार ८७५ रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ वृद्धि भएर एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस