बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य ४ सय रुपैयाँले घट्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बिहीबार , माघ १० २०८१११:२२
    सुनको मूल्य ४ सय रुपैयाँले घट्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

    अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँ बढेको थियो ।    

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस