बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य २ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २२ २०८०११:१०
    सुनको मूल्य २ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

    अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको हो । 

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मूल्य भने आज स्थिरता कायम हुँदै प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस