बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पुटिनसँग फोनवार्तापछि ट्रम्पले भने: हामी साउदीमा भेट्नेछौँ


    हुलाक प्रेस

    • बिहीबार , फागुन १ २०८११०:१२
    पुटिनसँग फोनवार्तापछि ट्रम्पले भने: हामी साउदीमा भेट्नेछौँ

    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा भेटघाट गर्ने कुरा भएको बताएका छन् ।

    पुटिनसँग फोनवार्तापछि ह्वाइट हाउसमा ट्रम्पले पत्रकारहरूलाई भने, ‘हामी साउदी अरेबियामा भेट्नेछौँ ।’

    तर कहिले भेट्ने, कुनै मिति तोकिएको छैन । यसअघि ट्रम्पले पुटिन युक्रेन युद्ध 'तुरुन्तै' अन्त्यका लागि वार्ता सुरु गर्न सहमत भएको दाबी गरेका थिए ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति पुटिनले ट्रम्पको सुझावलाई समर्थन गरेको बताएका छन् भने अमेरिकी राष्ट्रपतिले ‘यो सँगै काम गर्ने समय हो’ भनेका छन् ।

    रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध  सुरु भएको थियो । त्यसबेलादेखि अमेरिका र पश्चिमी देशहरूसँग रुसको तनाव बढेको छ ।


    प्रतिक्रिया दिनुहोस