बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य २ हजार ७ सयले घट्यो


    हुलाक प्रेस

    • आइतबार, फागुन ४ २०८१११:३९
    सुनको मूल्य २ हजार ७ सयले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।  


    प्रतिक्रिया दिनुहोस