बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दिल्लीमा भूकम्प गएपछि मोदीको अपिल: सतर्क रहनुहोस्


    हुलाक प्रेस

    • सोमबार, फागुन ५ २०८१११:४५
    दिल्लीमा भूकम्प गएपछि मोदीको अपिल: सतर्क रहनुहोस्

    काठमाडौं । भारतको राजधानी दिल्लीमा सोमबार बिहानै भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सावधानी अपनाउन नागरिकलाई अपिल गरेका छन् । 

    भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार सोमबार बिहान ५:३६ बजे दिल्ली र वरपरका क्षेत्रमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको केन्द्रबिन्दु दिल्लीमा जमिनभन्दा पाँच किलोमिटर तल थियो । प्रधानमन्त्री मोदीले सबैलाई सतर्क रहन अपिल गरेका छन् ।

    उनले एक्समा लेखेका छन्, ‘दिल्ली र वरपरका क्षेत्रमा भूकम्पको झट्का महसुस गरियो । म सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गर्दछु। सतर्क रहनुहोस्। अधिकारीहरूले परिस्थितिमा नजर राखिरहेका छन् ।’ भूकम्प आउँदा दिल्ली, नोएडा, ग्रेटर नोएडा र गाजियाबादका मानिसहरू घरबाट बाहिर निस्किएका थिए ।

    यो खबर लेख्दासम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन । 


    प्रतिक्रिया दिनुहोस