बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा,ग्रे लिष्टबाट हट्न नेपालले सात वटा सुधारकाे काम गर्नुपर्ने


    हुलाक प्रेस

    • शुक्रबार, फागुन ९ २०८१०९:३५
    नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा,ग्रे लिष्टबाट हट्न नेपालले सात वटा सुधारकाे काम गर्नुपर्ने

    काठमाडौं । सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमापरेसँगै नेपालले ७ वटा सुधार गर्ने राजनीतिक प्रतिवद्धता जनाएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निगरानी राख्ने अन्तराष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को शुक्रबार सम्पन्न प्लेनरी बैठकले नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो ।

    ग्रे लिस्टमा परेको नेपालले एएमएल/सीएफटी प्रणालीको प्रभावकारीता बलियो बनाउने राजनीतिक प्रतिवद्धता जनाएको एफएटीएफले बताएकोे छ । 

    ‘नेपालले आफ्नो सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण प्रणालीको प्रभावकारिता मजबुत बनाउन एफएटीएफ र एपीजीसँग सहकार्य गर्ने उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको छ,’ एफएटीएफले शुक्रबार नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गर्दै भनेको छ, ‘अगस्ट २०२३ मा आफ्नो पारस्पारिक मूल्याकंन प्रतिवेदन स्वीकृत भएको पछिको समयमा नेपालले उक्त मूल्याकंनले सिफारिस गरेका केही कार्यहरूमा प्रगति गरेको छ ।’

    नेपालले सुपुदर्गी कानुनीहरुलाई सहज बनाउने र वित्तीय जानकारी इकाईको क्षमता बढाउने जस्ता कार्यहरु गरेको एफएटीएफले जनाएको छ ।

    नेपाल ग्रे लिस्टबाट बाहिर आउन ‘एफएटीएफ’ को एक्सन प्लान अनुसार ७ वटा सुधारका काम गर्नुपर्ने भएको छ ।

    ‘एफएटीएफ’ को एक्सन प्लान अनुसार गर्नुपर्ने ७ वटा सुधारका काम
    १. सम्पत्ती शुद्धिकरण तथा आंकवादमा वित्तीय लगानीको बुझाईमा सुधार ल्याउने ।
    २. वाणिज्य बैंकहरू, उच्च जोखिम भएका ठुला सहकारी संस्थाहरू, क्यासिनोहरू, र रियल इस्टेटमा जोखिममा आधारित सुपरिवेक्षणमा वृद्धि गर्ने ।
    ३. हुन्डी लगायत अवैध आर्थिक गतिविधि पहिचान र लक्षित वित्तीय प्रतिवन्ध बढाउने
    ४.सम्पत्ती शुद्धीकरण अनुसन्धानमा संलग्न निकायका क्षमता वृद्धि तथा समन्वयमा सुधार गर्ने ।
    ५. सम्पत्ती शुद्धीकरण अनुसन्धान र अभियोजनमा वृद्धि गर्ने ।
    ६.जोखिम प्रोफाइलबाट हुने अपराध र त्यसबाट हुने मुनाफा पहिचान, रोकथाम र जफत जस्था कारवाहीलाई बढाउने
    ७. आतंकवाद र जैविक हतियारमा वित्तीय लगानी गर्नेलाई लक्षित वित्तीय प्रतिबन्ध लगाउनेबारे प्राविधिक अनुपालनमा वृद्धि गर्ने ।

     


    प्रतिक्रिया दिनुहोस