बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विदेशी सहायता रोक्ने ट्रम्पको आदेशलाई अमेरिकी सर्वोच्च अदालतले दियो साथ


    हुलाक प्रेस

    • बिहीबार , फागुन १५ २०८११०:३८
    विदेशी सहायता रोक्ने ट्रम्पको आदेशलाई अमेरिकी सर्वोच्च अदालतले दियो साथ

    एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता कटौती गर्ने निर्णयलाई साथ दिएको छ । सर्वोच्चका प्रधान न्यायधीश जोन रोबर्टसले संघीय न्यायधीशको निर्देशन स्थगन गर्दै सिर्जित दायित्व तिर्नु नपर्ने फैसला गरेका हुन् ।

    रोबर्टले जारी गरेको अन्तरिम आदेश अनुसार बुधबार मध्यरातिसम्म ट्रम्प प्रशासनले २ अर्ब डलर खर्च गर्नैपर्ने गरी वासिंटनका न्यायधीशले दिएको समयसीमा खारेज भएको छ । अमिर अलिले सो रकम बु्धबार मध्यरातीसम्म तिरिसक्नुपर्ने निर्देशन दिएका थिए ।

    रोबर्टले अलिको सो निर्देशनको कुनै अर्थ नभएको पनि बताएका छन् । ट्रम्प प्रशासनले अमिरको सो आदेश पालन गर्न असमर्थता व्यक्त गर्दै यो रकम जारी गर्नु व्यावहारिक नभएको दाबी गरेको थियो।

    ट्रम्पले कार्यभार सम्हाल्दै अमेरिकाले दिने सबै विदेशी सहायता रोकेका थिए । रोबर्टसको यो आदेशलाई ट्रम्पको कानुनी टिमको अपिलअनुसार प्रशासकीय स्थगन भनिएको छ ।

    रोबर्ट्सको आदेशले ट्रम्प प्रशासनलाई केही दिनको समय दिएको छ । अमेरिकी विदेश मन्त्रालय र यूएसएडद्वारा जारी गरिएका अरबौं डलरको विदेशी सहायतालाई ट्रम्पले जनवरीमा रोक्न अर्डर जारी गरेका थिए । ट्रम्प प्रशासनले उक्त रकम जारी गर्नको लागि केही हप्ता लाग्ने बताएपछि अमेरिकी डिस्ट्रिक्ट जज आमिर अलीले तात्कालिक आदेश जारी गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस