शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पशुपतिको बालुवाखानी भ्रष्टाचारः सर्वोच्चबाट दोषी ठहर भएका ९ मध्ये तीन जना पक्राउ


    हुलाक प्रेस

    • सोमबार, फागुन १९ २०८१०९:०८
    पशुपतिको बालुवाखानी भ्रष्टाचारः सर्वोच्चबाट दोषी ठहर भएका ९ मध्ये तीन जना पक्राउ

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गाबाट अवैध तरिकाले बालुवा र माटो उत्खनन गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ३ जना पूर्वकर्मचारी कारागार चलान भएका छन् ।

    काठमाडौँका तत्कालीन स्थानीय विकाश अधिकारीद्वय प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र पशुपति क्षेत्र विकाश कोषका पूर्वनिर्देशक राजु कुमार रेग्मी कारागार चलान भएका हुन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई केहि दिनअघि काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत काठमाडौंको आदेश अनुसार डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका एसपी युवराज खड्काले जानकारी दिए ।

    उनीहरुले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जग्गाबाट अवैध तरिकाले बालुवा र माटो उत्खनन गर्ने निर्णय गरेर भ्रष्टाचार गरेको सर्वोच्च अदालतको ठहर छ । सर्वोच्च अदालतले माघ ३० मा सो मुद्दाको फैसला गरेको हो ।

    पूर्व प्रजिअ भएर समेत काम गरेका जोशीलाई सर्वोच्चले ६ महिना कैद र २ लाख ३७ हजार जरिवाना हुने फैसला गरेको छ । महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद र ७८ लाख ५३ हजार जरिवाना हुने सर्वोच्चको ठहर छ । रेग्मीलाई २ लाख ३७ हजार जरिवाना र ६ महिना कैद हुने अदालतको ठहर छ ।

    भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ६ जना फरार छन् । न्यायाधिशहरु कुमार रेग्मी र अब्दुल अजिज मुसलमानले पशुपति विकाश कोषका तत्कालीन सदस्य सचिव निर्मल कुँइकेल र सुशिल नाहाटा समेतलाई कैद र जरिवाना हुने ठहर गरेका थिए ।

    कुँइकेल र नाहाटा फरार छन् । कुँइकेललाई ६ वर्ष कैद र ८३ लाख ४१ हजार जरिवाना हुने सर्वोच्चको ठहर छ । नाहाटा विरुद्ध पनि ६ वर्ष कैद र ९१ लाख ६३ हजार जरिवनाको फैसला भएको छ । काठमाडौँको तत्कालीन स्थानीय विकाश अधिकारी गोपाल प्रसाद पराजुलीविरुद्ध ६ वर्ष कैद र १ करोड २२ लाख जरिवाना हुने ठहर भएको छ । पराजुली पनि फरार छन् । 


    प्रतिक्रिया दिनुहोस