बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युक्रेनलाई सैन्य सहयोग बन्द गर्दै अमेरिका : ब्लूमबर्ग रिपोर्ट


    हुलाक प्रेस

    • मंगलबार, फागुन २० २०८११०:४२
    युक्रेनलाई सैन्य सहयोग बन्द गर्दै अमेरिका : ब्लूमबर्ग रिपोर्ट

    काठमाडौं । ह्वाइट हाउसले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यो खबर पहिलोपटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले भनेको छ ।  

    “युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता नजनाएसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दै छ,” ब्लूमबर्गले रिपोर्ट गरेको छ ।

    यस प्रतिवेदनमा अहिलेसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन् ।

    ब्लूमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ । यसमा पोल्यान्ड पुगेका सामानहरू पनि समावेश छन् ।

    गतहप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रूत गतिमा परिवर्तन आएको छ । बीबीसी  


    प्रतिक्रिया दिनुहोस