बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकामा १५ वर्षपछि पहिलोपटक गोली हानेर दिइयो मृत्युदण्ड


    हुलाक प्रेस

    • शनिबार, फागुन २४ २०८१०९:१९
    अमेरिकामा १५ वर्षपछि पहिलोपटक गोली हानेर दिइयो मृत्युदण्ड

    काठमाडौँ । अमेरिकाको दक्षिण क्यारोलिनाका एक पुरुषलाई आफ्नी पूर्वप्रेमिकाका आमाबाबुको हत्या कसुरमा मृत्युदण्ड दिइएको छ ।

    बीबीसीका अनुसार ६७ वर्षीय ब्राड सिग्मनलाई शुक्रबार गोली हानी मारिएको हो । अमेरिकामा पछिल्लो १५ वर्षमा गोली हानेर कसैलाई मृत्युदण्ड दिइएको यो पहिलोपटक हो ।

    सिग्मनले २००१ मा आफ्नी पूर्व प्रेमिकालाई अपहरण गर्नुअघि उनका आमाबाबुलाई बेसबल ब्याटले मारेका थिए । सिग्मनले आफूलाई गोली हानी मार्न अनुरोध गरेका थिए ।

    अमेरिकामा मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिलाई आफ्नो मृत्यु रोज्न तीन विकल्प दिइन्छ । पहिलो, घातक सुई । दोस्रो, विद्युतीय कुर्सी । तेस्रो, गोली ।


    प्रतिक्रिया दिनुहोस