बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पहिलोपटक महिला नेतृत्व


    हुलाक प्रेस

    • शुक्रबार, चैत ८ २०८१०८:३६
    अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पहिलोपटक महिला नेतृत्व

    काठमाडौं । जिम्बावेकी खेलकुदमन्त्री क्रिस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को नयाँ अध्यक्षमा निर्वाचित भएकी छन् ।

    ४२ वर्षीया पूर्वपौडीबाज कभेन्ट्रीले ओलम्पिकमा दुई स्वर्ण पदक आफ्नो नाममा राखेकी छन् । कोभेन्ट्रीले अब सन् २०१३ देखि यो पदमा रहेका जर्मन थोमस बाखलाई प्रतिस्थापन गर्नेछिन् ।

    कर्स्टी यो पदमा पुग्ने पहिलो महिला, पहिलो अफ्रिकी र सबैभन्दा कान्छी व्यक्ति पनि हुन् ।

    पहिलो चरणको मतदानमा क्रिस्टी कभेन्ट्रीले यसअघि नै पूर्ण बहुमत हासिल गरिसकेकी थिइन् । उनी यसअघि नै आईओसीको कार्यकारी बोर्डको सदस्य भइसकेकी छिन् । उनी आगामी आठ वर्षसम्म यो पदमा रहनेछिन्।


    प्रतिक्रिया दिनुहोस