काठमाडौं। नेपाल धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकन लागि समिति गठन गरेको छ। बोर्डले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) उपाध्यक्ष प्रविणकुमार झा को संयोजकत्वमा समिति बनाएको हो।
समितिमा बोर्ड सदस्यमा भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरि रहेका छन्। प्रतिवेदन तयार पार्ने समयावधि तोकिएको छैन।