बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एनसेलको अर्को पेशी पुस २ गते


    हुलाक प्रेस

    • सोमबार, मंसिर २५ २०८००५:४१
    एनसेलको अर्को पेशी पुस २ गते

    काठमाडौं । उच्च अदालत पाटनले एनसेलको मुद्दामा अर्को पेशी पुस २ गते तोक्ने आदेश दिएको छ । 

    प्रतिवादी युनिभेरा क्यापिटल भेन्चरको ठेगाना पत्ता नलागेका कारण अदालतको म्याद नपुगेको भन्दै उच्च अदालत पाटनले निवेदकका नाममा बतन स्पष्ट खुलाउन पनि आदेश दिएको छ ।

    दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्री गर्ने सूचनाको आधारमा निवेदक गोकुल बहादुर रोकायाले मंसिर १४ गते तथा खरिद बिक्री गरिएको जानकारी आएपछि मंसिर २० गते हालेको मुद्दामा सोमबार बहस पछि न्यायाधीश पुरुषोत्तमप्रसाद ढकाल तथा नृपध्वज निरौलाको संयुक्त इजलासले छलफलका लागी दुबै पक्षलाई बोलाएको पाटन उच्च अदालतका उप रजिस्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस