बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • डिजल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोलको यथावत


    हुलाक प्रेस

    • सोमबार, चैत १८ २०८१०९:१७
    डिजल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोलको यथावत

    काठमाडौँ । डिजल र हवाई इन्धनको मूल्य घटेको छ ।

    नेपाल आयल निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी डिजल र हवाई इन्धनको मूल्य घटाएको हो । निगमले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

    विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसन(आईओसी)बाट पेट्रोलको मूल्य प्रतिलिटरमा ४५ पैसा बढेर आएको थियो भने डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो । स्वचालित मूल्य प्रणालीअनुसार बढेर आए पनि पेट्रोलको मूल्य नबढाइएको र डिजल तथा मट्टितेलको मूल्य मात्र घटाइएको हो ।  

    नयाँ मूल्यसूचीअनुसार काठमाण्डौंमा डिजलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । यसैगरी, निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटरमा अमेरिकी डलर ५१ ले मूल्य समायोजन भएको हो । 

    निगमकाअनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस