काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।
समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्न म्युनिखसँग १-० ले पराजित भएपछि युनाइटेड समूहको अन्तिम स्थानमा रहेर बाहिरिएको हो ।
६ मध्ये एक खेल मा जितेको युनाइटेड ४ अंकसहित पुछारमा रह्यो । यसअघि नै नकआउट चरण पुगिसकेको बायर्न ६ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।
यस्तै अर्को खेलमा गालातासारेलाई १-० ले हराएर डेनमार्कको क्लब एफसी कोपनहेगन नकआउट चरणमा पुगेको छ । जितपछि ६ खेलबाट ८ अंक जोडेर कोपनहेगन समूह उपविजेता बन्यो ।