बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य घट्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १२ २०८२१२:३७
    सुनको मूल्य घट्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो । 

    बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

    यस्तै चाँदीको मूल्य पनि आज घटेको छ ।  अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो । 


    प्रतिक्रिया दिनुहोस