बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्सेमा दुई कम्पनीको वोनस शेयर सुचिकृत


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १२ २०८२०२:३७
    नेप्सेमा दुई कम्पनीको वोनस शेयर सुचिकृत

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।  

    यी दुई कम्पनीको कुल ४ लाख ६२ हजार ४७१.९३ कित्ता सेयर सूचीकृत भएको हो ।  

    कुल सेयरमा श्री इन्भेष्टमेन्टको १ लाख ८३ हजार १६८ कित्ता र मिथिला लघुवित्तको २ लाख ७९ हजार ३०३.९३ कित्ता रहेको छ । श्री इन्भेष्टमेन्टले आफ्ना सेयरधनीका लागि १.८६५९ प्रतिशत र मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर प्रदान गरेका थिए ।  

    नेप्सेमा स्रचीकृत भएसँगै अब आगामी कारोबारदेखि यी सेयरहरु दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । 


    प्रतिक्रिया दिनुहोस