बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुस र युक्रेन सम्झौताको निकै नजिकः ट्रम्प


    हुलाक प्रेस

    • शनिबार, वैशाख १३ २०८२१२:२७
    रुस र युक्रेन सम्झौताको निकै नजिकः ट्रम्प

    रोम, इटाली । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका छन् । 

    राष्ट्रपति ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक पुगेको बताएका हुन् । 

    अमेरिकी विशेष दूत स्टिभ ह्विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ताको केही घण्टापछि ट्रम्पले यस्तो दाबी गरेका हुन् । 

    रूसी नेता पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकोफबीच भएको वार्ता ‘रचनात्मक र फलदायी’ भएको बताएका हुन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौता गर्ने प्रयास सफलतापूर्वक अघि बढेको बताएका छन् ।

    यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति एक भिडियो सम्बोधनमा भनेका छन्, “रुसलाई बिनाशर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ ।”

    पुटिनले जेलेन्स्कीसँग सशर्त वार्ता गर्न आफू तयार रहेको हालै सङ्केत गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # #russia
  • # #donaldtrump
  • # #trump
  • # #ukraine
  • प्रतिक्रिया दिनुहोस