बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुन चाँदीको मूल्य घट्यो


    हुलाक प्रेस

    • आइतबार, असोज १४ २०८००१:४४
    सुन चाँदीको मूल्य घट्यो

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

    तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघले प्रतितोला ३५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार १३ सय ९५ रुपैयाँ कायम थियो ।


    प्रतिक्रिया दिनुहोस