बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • क्षेप्यास्त्र आक्रमणपछि इजरायली प्रधानमन्त्रीले हुथी विद्रोहीलाई दिए यस्तो चेतावनी


    हुलाक प्रेस

    • सोमबार, वैशाख २२ २०८२०७:३४
    क्षेप्यास्त्र आक्रमणपछि इजरायली प्रधानमन्त्रीले हुथी विद्रोहीलाई दिए यस्तो चेतावनी

    काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायली विमानस्थलनजिकै हुथी विद्रोहीहरूले गरेको क्षेप्यास्त्र आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् ।

    सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा नेतान्याहूले हुथी विद्रोहीहरूविरुद्ध आक्रमणको चेतावनी दिएका छन् । नेतान्याहूले भने, "हामीले विगतमा आक्रमण गरेका छौँ । हामी भविष्यमा पनि आक्रमण गर्न सक्छौँ ।"

    यमनबाट हुथी विद्रोहीहरूले प्रहार गरेको क्षेप्यास्त्र आइतबार बिहान इजरायलको बेन गुरियन विमानस्थलको मुख्य टर्मिनल नजिकै खसेको थियो ।

    इजरायली मिडियाका अनुसार विस्फोटमा परी चारजना घाइते भएका छन् । त्यही समयमा आश्रय लिने प्रयास गर्दा दुईजना घाइते भए ।

    हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारियाले टेलिभिजनमा प्रसारित वक्तव्यमा भनेका छन्, "इजरायली विमानस्थलहरू अब हवाई यात्राका लागि सुरक्षित छैनन् ।"

    विमानस्थल सञ्चालनमा आएको छ । तर क्षेप्यास्त्र आक्रमणका कारण धेरै उडानहरू रद्द गरिएको थियो । बीबीसी


    प्रतिक्रिया दिनुहोस