बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मूल्य बृद्धि फिर्तासँगै अब ग्यासको मूल्य कति पर्ला ?


    हुलाक प्रेस

    • आइतबार, असोज १४ २०८००१:५२
    मूल्य बृद्धि फिर्तासँगै अब ग्यासको मूल्य कति पर्ला ?

    काठमाडौँ । सरकारले खाना पकाउने ग्याँसको मूल्यवृद्धि फिर्ता लिएको छ । नेपाल आयल निगमले शनिबार ग्याँसको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको थियो ।

    आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय फिर्ता लिएको हो । योसँगै ग्याँस प्रतिसिलिन्डर १ हजार ८९५ कायमै कारोबार हुने छ ।

    पुरानो मूल्यसूची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने छ । आजै नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने छ ।


    प्रतिक्रिया दिनुहोस