बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बेलायती पूर्व राजकुमार ह्यारीले जिते फोन ह्याकिङ मुद्दा, १.४ मिलियन क्षतिपुर्ति पाउने फैसला


    हुलाक प्रेस

    • शनिबार, मंसिर ३० २०८००९:३८
    बेलायती पूर्व राजकुमार ह्यारीले जिते फोन ह्याकिङ मुद्दा, १.४ मिलियन क्षतिपुर्ति पाउने फैसला

    एजेन्सी । राजा चार्ल्स तृतीयका कान्छा छोरा प्रिन्स ह्यारीले आफ्नो फोन ह्याकिङ गरेको भन्दै बेलायती ट्याब्लोइड प्रकाशक विरुद्ध दायर भएको मुद्दा जितेका छन् । लन्डन उच्च अदालतले प्रकाशकहरूलाई ह्याकिङ पीडित राजकुमारलाई १.४ मिलियन पाउन्ड क्षतिपूर्ति तिर्न आदेश जारी गरेको छ । 

    उच्च अदालतको फैसलापछि राजकुमार ह्यारीले ‘सत्य र जवाफदेहिता’ को जित भएको प्रतिक्रिया दिएका छन् । लन्डन उच्च अदालतका न्यायाधीशले आफ्नो फैसलामा प्रिन्स ह्यारी बेलायती ट्याब्लोइडले गरेको फोन ह्याकिङको सिकार भएको बताउँदै राजकुमारले १ लाख ४० हजार ६ सय पाउण्ड क्षतिपूर्ति पाउने फैसला गरेका छन् ।

    लन्डन उच्च अदालतमा मुद्दा जितेका ३९ वर्षीय ह्यारीले मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन)का तीनवटा पत्रिका द मिरर, द सन्डे मिरर र द पिपलविरुद्ध गम्भीर आरोप लगाएका थिए ।

    न्यायमूर्ति टिमोथी फ्यानकोर्टले आफ्नो फैसलामा ह्यारीको फोन सन् २००३ को अन्त्यदेखि अप्रिल २००९ सम्म सानो तरिकाले ह्याक भएको बताए । उच्च अदालतले ‘ड्युक अफ ससेक्स’ राजकुमार ह्यारीको आरोप ‘आंशिक रूपमा प्रमाणित भएको’ भनेको छ । 

    राजकुमार ह्यारी लामो समयदेखि कानुनी लडाइँ लडिरहेका थिए । अमेरिकामा बस्दै आएका प्रिन्स र उनकी श्रीमती मेगन मार्कल केही समयदेखि व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न मुद्दाका कारण चर्चामा छन् ।


    प्रतिक्रिया दिनुहोस