बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पाकिस्तानले भारतीय उच्च कूटनीतिज्ञलाई बोलाएर के भन्यो ?


    हुलाक प्रेस

    • बुधबार, वैशाख २४ २०८२०६:२४
    पाकिस्तानले भारतीय उच्च कूटनीतिज्ञलाई बोलाएर के भन्यो ?

    काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय दूतावासका उच्च कूटनीतिज्ञलाई बोलाएर हवाई आक्रमणको कडा विरोध जनाएको छ ।

    गए राति भारतले गरेको हवाई आक्रमणका सम्बन्धमा पाकिस्तानको विदेश मन्त्रालयले भारतीय कूटनीतिज्ञलाई बोलाएर कडा विरोध जनाएको हो ।

    भारतको आक्रमणका कारण महिला र बालबालिकासहित धेरै नागरिक मारिएको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ ।

    विदेश मन्त्रालयले भारतीय कूटनीतिज्ञलाई भनेको छ, “आक्रमण पाकिस्तानको सार्वभौमसत्ताको स्पष्ट उल्लघंन हुन् र त्यस्ता आक्रमण अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र र दुई देशबीचको सम्बन्धलाई नियन्त्रित गर्ने महासन्धिहरूको उल्लघंन हुन् ।”

    भारतको गैरजिम्मेवार व्यवहारले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा निम्त्याउने चेतावनी पाकिस्तानले दिएको छ । 

    गए राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो । पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार, आक्रमणमा २६ जना पाकिस्तानी सर्वसाधारण नागरिकको मृत्यु भएको थियो । अन्य ४६ जना घाइते भएका थिए ।

    भारतले कश्मीरको पुंछमा नियन्त्रण रेखामा पाकिस्तानले गरेको गोलाबारीबाट कम्तीमा १० भारतीयको मृत्यु भएको र धेरै घाइते भएको बताएको छ ।

    बीबीसी हिन्दीबाट ।


    प्रतिक्रिया दिनुहोस