बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पल शाहविरुद्धको बलात्कार मुद्दा ब्युँतियो, सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने


    हुलाक प्रेस

    • शनिबार, मंसिर ३० २०८०१०:०७
    पल शाहविरुद्धको बलात्कार मुद्दा ब्युँतियो, सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

    काठमाडौं । नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको मुद्दा ब्युँतिएको छ । महान्यायाधिबक्ता कार्यालयले दिएको निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले पलविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो ।

    उक्त निवेदनमा यही मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको संयुक्त इजलासले उच्च अदालतको फैसला दोहोर्‍याएर हेर्न अनुमति दिएको हो । उच्च अदालत पोखराले गरेको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै महान्यायाधिबक्ता कार्यालयले पूर्णविक्रम शाहविरुद्ध मुद्दा पुन दोह्राएर हेर्न माग गर्दै निवेदन दिएको थियो ।

    उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले २०७९।११।४ गते बलात्कार मुद्दामा पल शाहलाई सफाइ दिएको थियो ।

    सर्वोच्चको आदेशमा भनिएको छ, ‘...यसमा पीडित नाबालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परिक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडिओ रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज. ११ मा गरेको स्वीकारोक्तिसमेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको मिति २०७९।११।४ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) र (२) को व्याख्यात्मक त्रुटि र ने.का.प. २०७५ अंक ११ नि.नं. १०१३२ समेतमा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई न्याय प्रशासन ऐन, २०७४ को दफा १२ (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिंदा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको छ। नियमानुसार पेस गर्नू।’


  • सम्बन्धित विषय:

  • # #Pal shah
  • # #पल शाह
  • प्रतिक्रिया दिनुहोस