काठमाडौं । ‘कान्स फिल्म फेस्टिभल–२०२५’मा अभिनेता प्रदीप खड्का सहभागी भएका छन् ।
चलचित्र ‘एक्लो’बाट खड्का सहभागी भएका हुन् । उनीसँगै निर्देशक प्रदीप शाही पनि सहभागी भएका छन् ।
फेस्टिभलमा प्रदीपसँगै ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट र कोपरेटिभ डिरेक्टर रिश्ता कार्की पनि सहभागी भएको निर्माणपक्षले प्रेस नोटमा जनाएको छ ।