बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • श्रीलङ्कामा अपराधमा संलग्न २ हजारभन्दा बढी व्यक्ति पक्राउ


    हुलाक प्रेस

    • सोमबार, पुस २ २०८०११:५८
    श्रीलङ्कामा अपराधमा संलग्न २ हजारभन्दा बढी व्यक्ति पक्राउ

    कोलम्बो । श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ ।

    प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न  किसिमका लागुऔषध पनि बरामद गरिएको छ । 

    त्यसै गरी थप अनुसन्धानका लागि १२ संदिग्ध व्यक्तिलाई थुनामा राखिएको र १३३ जनालाई पुनःस्थापनाका लागि पठाइएको बताइएको छ ।

    श्रीलङ्काको प्रहरीले आइतबारदेखि विशेष अभियान शुरु गरेको छ ।


    प्रतिक्रिया दिनुहोस