बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको सुनुनवाइ सकियो, अनुमोदन बुधबार गरिने


    हुलाक प्रेस

    • सोमबार, पुस २ २०८००८:४५
    सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको सुनुनवाइ सकियो, अनुमोदन बुधबार गरिने

    काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ। गत शुक्रबारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो।

    सोमबार कानुन व्यवसायीवाट सिफारिस भएका वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाममा सुनुवाइ भएको थियो। उनीहरुको सुनुवाइ पनि आजै अनुमोदन गरिने अभ्यास भएपछि यसपटक सुनुवाइ समितिले निर्णय गर्न समय लगाएको हो।

    उनीहरुको सुनुवाइपछि थप छलफल गरेर अनुमोदन गर्ने अभ्यास यसपटकदेखि संसदीय सुनुवाइ समितिले सुरु गरेको हो। सुनुवाइ समितिको सभापतिको जिम्मेवारी सम्हालेका राप्रपाका पशुपति शमशेर राणाले बुधबारबाट निर्णय गर्ने भनेपछि समिति सहमत भएको हो।

    न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो। सो सिफारिसमाथि संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो।

    संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी भएमा उजुरी दिन आह्वानसमेत गरेको थियो। समितिको सूचनाअनुसार प्रस्तावित न्यायाधीशमध्ये सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाविरुद्ध उजुरी परेको थियो भने महेश शर्मा पौडेल, सुनिल पोखरेल र बालकृष्ण ढकालविरुद्ध कुनै पनि उजुरी परेको थिएन।

    सोमबार संसदीय सुनुवाइ सकिएपछि बुधबार बिहान ११ बजे प्रस्तावित न्यायाधीशका सम्बन्धमा निर्णय गरिने संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ। उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिबाट शपथ लिई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज गर्न पाउनेछन्।


    प्रतिक्रिया दिनुहोस