बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दोस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ३८ करोड


    हुलाक प्रेस

    • सोमबार, असार १६ २०८२०६:२०
    दोस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ३८ करोड

    काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.१९ वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सो बराबरले बढेर २६३१.४८ विन्दुमा पुगेर बन्द भएको हो।

    परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । आज दिनभर २४८ कम्पनीका ३१८ स्क्रिपकोको १ करोड ४१ लाख कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज कारोबारमा आएका कम्पनीहरूमध्ये १४५ वटाको सेयर मूल्य बढेको छ भने १०३ वटाको घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन।

    समग्र रूपमा बढेको बजारमा आज चार वटा समूहका परिसूचक नकारात्मक देखिएका छन् । फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो र अन्य समूहमा आज गिरावट आउँदा बाँकी समूह बढेका छन् । सबैभन्दा धेरै वृद्धि उत्पादनमूलक उद्योगमा देखिएको छ । 

    कारोबार रकमको आधारमा साहस ऊर्जा ३६ करोड ५३ लाख रुपैयाँ कारोबारसहित सबैभन्दा अघि रह्यो । त्यसैगरी, सानिमा माई हाइड्रोपावर, बुटवल पावर कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

    सबैभन्दा बढी कमाउनेमा राप्ती हाइड्रो रह्यो । सो कम्पनीको जसको सेयर मूल्यमा ९.९७ प्रतिशतको सकारात्मक सर्किट लागेको थियो । त्यसैगरी, धौलागिरि लघुवित्त, विन नेपाल लघुवित्तका लगानीकर्ताले पनि क्रमशः ९.८० प्रतिशत र ९.१६ प्रतिशत कमाए।


    प्रतिक्रिया दिनुहोस