बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द गर्यो


    हुलाक प्रेस

    • शनिबार, पुस ७ २०८०११:४१
    अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द गर्यो

    काठमाडौं । अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन  खाता बन्द गरेको छ । 

    चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ भने  ६ हजार ३०० भन्दा बढी व्यक्तिहरूलाई त्यससँग सम्बन्धित अपराधमा कारबाही गरेको राज्यका विभिन्न सञ्चार माध्यमले शुक्रबार उल्लेख गरेका छन्।

    चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ । सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरशिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ । 

    प्रहरीले "प्रहरी,  महामारी, खतरा र प्रकोप जसाता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने जस्ता अवैध र आपराधिक गतिविधिहरूमाथि कडा कारबाही गरेको" राज्य प्रसारक सीसीटीभीले शुक्रबार उल्लेख गरेको छ ।

    ‘अहिलेसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अनलाइन अफवाहका घटनामा अनुसन्धान गरी अफवाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कानून बमोजिम कारबाही गरेको छ । साथै ३४ हजार अवैध खाता बन्द गरेको पनि  सीसीटीभीले जनाएको छ । यसै बीच सीसीटीभीले अप्रिलमा "क्लिन नेट" अभियान शुरु भएदेखि नै प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका  विषयमा ५०० भन्दा बढी सामाजिक खाताहरू बन्द गरेको बताएको छ।

    प्रहरीले सन् २०२४ लाई "अनलाइन अफवाह विरुद्ध लड्न विशेष कार्यको वर्ष" को रूपमा तोकेको छ र त्यही अनुसार कारबाही प्रक्रियलाई तीव्र पारेको छ ।


    प्रतिक्रिया दिनुहोस