बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीशको प्रयास असफल


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२०६:२४
    उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीशको प्रयास असफल

    काठमाडौँ । उच्च अदालतका न्यायाधीश नियुक्तिमा कुरा नमिल्दा न्याय परिषद्को बैठक निष्कर्षहीन भएको छ ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा अढाई घण्टाभन्दा बढी समय बसेको बैठक निष्कर्षविहीन भएपछि तत्काल न्यायाधीश नियुक्तिको सम्भावना टरेको छ ।

    उच्च अदालतमा २ जना मुख्य न्यायाधीश र २४ जना न्यायाधीशको पद रिक्त छ । कानुन व्यवसायीबाट बन्ने न्यायाधीशको सूचीमा कुरा नमिल्दा बैठक निर्णयविहीन भएको स्रोतले बतायो । 

    कानुन व्यवसायीमा कुरा नमिले पनि जिल्ला न्यायाधीश र कर्मचारीबाट भए पनि नियुक्ति सिफारिस गर्ने प्रधानन्यायाधीशको प्रयास विफल भएको छ ।

    न्यायाधीश नियुक्तिमा कुरा नमिलेपछि तत्कालका लागि सरूवाको सम्भावना पनि टरेको छ। सरूवाका लागि बनेको सूची तत्कालका लागि उपयोगविहीन भएको छ । न्याय परिषद् सचिवालयले सरूवाका लागि व्यापक गृहकार्य गरी सम्भावित सूची तय गरेको थियो ।

    अब कम्तीमा २ साता न्यायाधीश नियुक्ति र सरूवाको निर्णय नहुने भएको छ । किनभने, न्याय परिषद्का एक सदस्य वरिष्ठ अधिवक्ता दामोदर खड्का २ साताका लागि बुधबार नै विदेश जाँदै छन् । उनी भियतनाम, इन्डोनेसिया लगायत मुलुकको भ्रमण गरी साउन १३ गते मात्र फर्किनेछन् ।


    प्रतिक्रिया दिनुहोस