बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एक सय २२ करदाता कारबाहीमा


    हुलाक प्रेस

    • शुक्रबार, साउन २ २०८२१०:५०
    एक सय २२ करदाता कारबाहीमा

    काठमाडौँ । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् । 
        
    लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताए । 

    अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिएका छन् ।  

    कर नबुझाउनेहरूको अभिलेख तयार भएको उनले बताए। साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१-८२ मा करदाता बढेका छन् ।


    प्रतिक्रिया दिनुहोस