बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अर्थतन्त्र सदृढिकरणका लागि औपचारिक अर्थतन्त्रमा जोड दिनु पर्ने महासङ्घका अध्यक्ष ढकालको जोड


    हुलाक प्रेस

    • शुक्रबार, साउन २ २०८२१०:५४
    अर्थतन्त्र सदृढिकरणका लागि औपचारिक अर्थतन्त्रमा जोड दिनु पर्ने महासङ्घका अध्यक्ष ढकालको जोड

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र सदृढिकरणका लागि औपचारिक अर्थतन्त्रमा जोड दिनु पर्ने बताए । 

    नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सहयोगमा काठमाडौँमा सञ्चारकर्मीहरूका लागि आयोजित औपचारिक करण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दिगो विकासका लागि अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा समाहित गर्नु पर्ने बताए । उनले व्यवसाय दर्ता प्रक्रियालाई सरल र डिजिटल बनाउन, कर प्रणालीलाई पारदर्शी र व्यवसायमैत्री बनाउन, अनौपचारिक क्षेत्रलाई औपचारिक बनाउन सहुलियत र प्रशिक्षण प्रदान गर्न र महिला, युवा तथा ग्रामीण उद्यमहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

    “औपचारिक करण निजी क्षेत्रका लागि मात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रका लागि आवश्यक छ । औपचारिक करण केवल प्रशासनिक प्रक्रिया मात्र होइन, यो दिगो, समावेशी र प्रतिस्पर्धी अर्थतन्त्रको आधारशिला हो । यो अब विकल्प नभई आवश्यकता हो । उनले भने , औपचारिक करणले व्यवसायलाई कानुनी सुरक्षा ,वित्तीय पहुँच,श्रम अधिकार,कर प्रणालीमा स्पष्टता र दिगो आथिृक वृद्धिको आधार प्रदान गर्दछ । 

    kk.jpg

    महासङ्घका उपाध्यक्ष हेमराज ढकालले महासङ्घले औपचारिक करणका पहलहरूलाई निरन्तर साथ दिँदै आएको र यो विषयमा थप प्रभावकारी कदम चाल्न सरकार, निजी क्षेत्र, र अन्य सरोकारवाला समुदायबिच सहकार्य आवश्यक रहेको बताए ।

    महासङ्घका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्स्ना श्रेष्ठले यो छलफलले औपचारिक करणको विषयलाई थप स्पष्ट बनाउने उल्लेख गर्दै सरोकारवालाहरुको  संयुक्त प्रयासले मात्रै नेपालको अर्थतन्त्रलाई औपचारिक र समृद्ध बनाउन सकिने धारणा राखे ।  

    कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं राष्ट्रिय औपचारिक करण समितिका अध्यक्ष प्रदीप कुमार कोइरालाले औपचारिक करणका लागि समितिले प्रभावकारी ढङ्गले काम गरिरहेको र यो निरन्तर भइरहने प्रक्रिया भएको बताए । उनले श्रम क्षेत्रमा देखिएको अनौपचारिकिरणलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा सहभागितालाई जोड दिइएको पनि बताए । 

    कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव महेश दाहालले औपचारिक तथा अनौपचारिक अर्थतन्त्रका बारेमा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गगन विष्ट र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) नेपालका  राष्ट्रिय कार्यक्रम संयोजक सौरभ शाहले औपचारिक करणमा नेपालले गरिरहेका प्रयासहरू र यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभाव,महासङ्घका महानिर्देशक गोकर्ण अवस्थितले औपचारिक करणको लागि महासङ्घले गरिरहेका पहल र यसको प्रभावकारिता तथा औपचारिक करणका विषयमा सञ्चारमाध्यम भूमिकाका विषयमा पत्रकार मोदनाथ ढकालले प्रकाश पारेका थिए । कार्यक्रममा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।


    प्रतिक्रिया दिनुहोस