बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालले दृष्टिविहीन टी–२० विश्वकपमा भाग लिने


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक ७ २०८२०७:४५
    नेपालले दृष्टिविहीन टी–२० विश्वकपमा भाग लिने

    काठमाडौं । पहिलो संस्करणको महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाउने भएको छ ।

    दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको नेपाल दृष्टिविहीन क्रिकेट संघले जनाएको छ । संघका अनुसार, पहिलो संस्करणको च्याम्पियनसिप आगामी नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलंकामा आयोजना हुँदै छ । प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्डको सहभागिता रहनेछ ।

    आज सार्वजनिक गरिएको खेल तालिकामा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । पहिलो खेल नोभेम्बर १२ तारिखमा हुनेछ । त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्नेछ ।

    नेपाली टोलीले नोभेम्बर १५ तारिखमा इङ्ल्यान्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । यी सबै खेल भारतमा नै हुनेछन् । त्यसपछि नेपाली टोली श्रीलंका पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा श्रीलंकाको कोलम्बोमा हुने जनाइएको छ । रासस


    प्रतिक्रिया दिनुहोस