बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मलेसिया पुगे ट्रम्प, नतर्कीहरुसँग नाचे छमछमी (भिडियोसहित)


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ९ २०८२०९:५९
    मलेसिया पुगे ट्रम्प,  नतर्कीहरुसँग नाचे छमछमी (भिडियोसहित)

    एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आइतबार मलेसिया पुगेका छन् ।

    वाशिङटनबाट २३ घन्टा लगाएर मलेसियाको राजधानी क्वालालम्पुर पुग्दा ट्रम्पलाई नृत्यका साथ स्वागत गरिएको थियो । एयरफोर्स वानबाट निस्केका ट्रम्पलाई बाजा बजाएर नर्तक नर्तकीहरूले स्वागत गरेका थिए । उनीहरू नाचेको देखेपछि ७९ वर्षीय ट्रम्प पनि छमछमी नाच्न थालेका थिए ।

    मलेसियाका प्रमुख जातीय समूहहरू मले, चिनियाँ, भारतीय र बोर्नियोका आदिवासी समुदायका नर्तक नर्तकीहरू मौलिक भेषभूषामा सजिएर नाचेका थिए ।

    मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम पनि ट्रम्पसँगै मिलेर नाचेका थिए । ट्रम्पका समर्थकहरूले उनको उत्साहको भरपूर प्रशंसा गरेका छन् । एसियामा यो साताभरि विभिन्न मुलुकहरूको भ्रमण गरी ट्रम्पले अमेरिकाको प्रभाव बढाउनका लागि प्रयास गर्नेछन् ।


    प्रतिक्रिया दिनुहोस