बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एनपीएल : विराटनगरको अपराजित यात्रामा ब्रेक, ४८ रनले चितवन विजयी


    हुलाक प्रेस

    • बुधबार, मंसिर १० २०८२०९:४०
    एनपीएल : विराटनगरको अपराजित यात्रामा ब्रेक, ४८ रनले चितवन विजयी

    काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज (बुधबार) भएको खेलमा चितवनसँग विराटनगर ४८ रनले स्तब्ध बन्यो।

    लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भएको हो। जितका लागि पाएको १७५ रनको लक्ष्यमा विराटनगर १६.५ ओभरमा १२६ रनमै समेटियो। जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जीसीले ३० रन जोडे पनि हार टार्न सकेनन्। चितवनका रञ्जित कुमारले ५, कमलसिंह ऐरीले २ विकेट लिए।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो। जसमा रवि बोपराले अर्धशतक हिर्काउँदै ६५, सैफ अली जैवले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे। विराटनगरका कप्तान सन्दीप लामिछानेले २, मर्चेन्ट डे लाङले २, शुभम् रञ्जनेले १ विकेट लिए। 


    प्रतिक्रिया दिनुहोस