बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चार वर्षपछि भारत पुगे पुटिन


    हुलाक प्रेस

    • बिहीबार , मंसिर १८ २०८२०८:४०
    चार वर्षपछि भारत पुगे पुटिन

    काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ४ वर्षपछि भारत भ्रमणका लागि पुगेका छन्। रुस-युक्रेन युद्ध सुरु भएपछि पहिलो पटक पुटिन भारत भ्रमणमा आइपुगेका हुन्।

    उनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफै एयरपोर्ट पुगेका थिए। प्रधानमन्त्री मोदीले आज राति उनको सम्मानमा रात्रि भोजको आयोजना गरेका छन्।

    पुटिन करिब ३० घन्टा भारतमा रहने छन्। पुटिन भारत पुग्नुअघि रुसका धेरै मन्त्रीहरु दिल्ली आइपुगेका थिए। जसमा उपप्रधानमन्त्री डेनिस मान्तुरोव, रक्षा मन्त्री सर्गेइ सोइगो, कृषिमन्त्री दिमित्री पेट्रोवलगायत रहेका छन्।

    भारतमा रहँदा पुटिनले ठूलो मात्रामा भारतसँग रक्षा सम्झौता गर्न सक्ने जनाइएको छ। साथै भारतले रसियासँग खरिद गरिरहेको पेट्रोलियम पदार्थलाई निरन्तरता दिनका लागि पुटिनले पहल गर्नेछन्।

    साथै दुई देशबीच आर्थिक अवस्था बलियो बनाउन व्यापारिक साझेदारीलाई थप मजबुत बनाउने सहमति हुन सक्ने जनाइएको छ।

    भारतमा के छ पुटिनको कार्यतालिका?
    आजः
    – ८ बजेदेखि मोदीसँग रात्रिभोजमा सहभागी हुने

    भोलिः
    – ९ बजे: राष्ट्रपति भवनमा पुटिनलाई गार्ड अफ अनर
    – १० बजे: पुटिनले राजघाट पुगेर महात्मा गान्धीलाई श्रदाञ्जलि दिने
    – ११ बजे: पुटिनले हैदराबाद हाउसमा २३ औँ भारत-रसिया समिटमा सहभागी हुने
    – ४ बजे: पुटिनले हैदराबाद हाउसमा इन्डिया-रसिया बिजनेस फोरमलाई सम्बोधन गर्ने
    – ५ बजे: पुटिनले भारत मण्डपमा बिजनेस लिडर्ससँग छलफल गर्ने
    – ७ बजे: राष्ट्रपति द्रौपदी मुर्मूले आयोजना गरेको स्टेट डिनरमा सहभागी हुने।


    प्रतिक्रिया दिनुहोस