बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यू–१९ साफ च्याम्पियनसिप : टिकटको मूल्य २०० र ५००


    हुलाक प्रेस

    • बिहीबार , माघ १५ २०८२१०:५१
    यू–१९ साफ च्याम्पियनसिप : टिकटको मूल्य २०० र ५००

    काठमाडौं । पोखरामा हुने साफ यू–१९ च्याम्पियनसिपको टिकट मूल्य सार्वजनिक भएको छ । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको निम्ति तयारी पूरा भएको जनाउँदै टिकट मूल्य सार्वजनिक गरेको हो ।

    एन्फाले साधारणतर्फ २०० रुपैँया र भीआईपीतर्फ ५०० रुपैँया तोकेको छ ।

    एन्फाको आयोजनामा आगामी माघ १७ देखि २४ सम्म पोखरामा प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।

    प्रतियोगिताको निम्ति अनुमानित दुई करोड ४५ लाख १५ हजार २९० रुपैँया लाग्ने जनाइएको छ ।

    प्रतियोगिताको निम्ति हाल घरेलु टोली मुख्य प्रशिक्षक सुमन श्रेष्ठको प्रशिक्षणमा बन्द प्रशिक्षणमा छ । श्रेष्ठले गत जनवरी ६ मा प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाएका थिए ।


    प्रतिक्रिया दिनुहोस