बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिने निर्णय


    हुलाक प्रेस

    • शुक्रबार, असोज १९ २०८००५:५८
    नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिने निर्णय

    काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई प्रदान गरिने भएको छ। 

    ५१ वर्षीया नरगिसले इरानमा महिलाको पक्षमा र मानवअधिकारको संरक्षणका लागि गरेको कामका लागि प्रदान गर्न लागिएको नोबेल कमिटिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ। 

    पछिल्लो १२ महिनामा शान्ति स्थापना वा प्रवर्द्धनमा उत्कृष्ट कार्य गर्ने व्यक्ति वा संस्थालाई यो पुरस्कार दिइने गरिन्छ। 

    नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा, साहित्य र शान्तिका विधामा दिइन्छ।


    प्रतिक्रिया दिनुहोस