बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायलमा रहेका नेपालीका लागि दूतावासले जारी गर्‍यो ‘एडभाइजरी’, अप्ठ्यारोमा परे सम्पर्क गर्न अनुरोध


    हुलाक प्रेस

    • शनिबार, असोज २० २०८००८:५६
    इजरायलमा रहेका नेपालीका लागि दूतावासले जारी गर्‍यो ‘एडभाइजरी’, अप्ठ्यारोमा परे सम्पर्क गर्न अनुरोध

    काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीका लागि ‘एडभाइजरी’ जारी गरेको छ। 

    दूतावासले इजरायलको ताजा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रहन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ। 

    गाजासँगको सीमाना लगायतका विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेकाले त्यहाँ रहेका नेपालीका लागि दूतावासले सूचना जारी गरेको हो। 

    साथै अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई उद्धारका लागि निरन्तर इजरायलका सुरक्षा निकाय तथा अधिकारीहरुसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस