बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पिएसजीको जितमा एम्बाप्पेको गोल


    हुलाक प्रेस

    • सोमबार, माघ १ २०८००८:३४
    पिएसजीको जितमा एम्बाप्पेको गोल

    काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पिएसजी)ले फ्रेन्च लिग वानमा उपाधि होडमा एकपक्षीय अग्रता बनाएको छ। आइतबार भएको खेलमा पिएसजीले लेन्सलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको हो।

    लिगमा पिएसजीका स्टार केलियन एम्बाप्पेले १९ औं गोल गर्दा १० खेलाडीमा समेटिएको लेन्स २-० ले पराजित भयो। त्यसअघि शनिबार दोस्रो स्थानको नाइसले भने पिएसजीसँगको अग्रता घटाउने अवसर गुमाएको थियो। नाइस रेनेससँग पराजित भएको थियो।

    पिएसजीले खेलकाे ३० औं मिनेटमा ब्रेडली बारकोलाको गोलमार्फत् अग्रता लिएको थियो। एम्बाप्पेको पासमा उनले पहिलो हाफमा टोलीलाई १-० को अग्रता दिलाएका थिए।

    खेल सकिन एक मिनेट बाँकी रहँदा एम्बाप्पेले डेम्बेलेको पासलाई सदुपयोग गरे। त्यसअघि ग्राडिटले रातो कार्ड पाएपछि पहिलो हाफको इन्जुरी समयमा लेन्स १० खेलाडीमा समेटिएको थियो।

    पिएसजी जारी सिजन एक खेलमा मात्र पराजित भएको छ। १८ खेलबाट पिएसजी ४३ अंकका साथ शीर्ष स्थानमा रहँदा समान खेलबाट नाइस ३५ अंकका साथ दोस्रो र ब्रेस्ट ३४ अंकका साथ तेस्रो स्थानमा रहेको छ।


    प्रतिक्रिया दिनुहोस