काठमाडौं । आयोजक तथा साविक एसियन कप विजेता कतार लगातार दोस्रो जित निकाल्दै एएफसी एसियन कपको नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा ताजिकिस्तानलाई १-० ले हराउँदै कतार लगातार दुई जितसहित ६ अंकका साथमा समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो ।
समूहमै चीन भने लगातार दोस्रो बराबरीमा रोकियो । चीन लेबनानसँग गोलरहित बराबरीमा रोकिएको हो । यसअघि ताजिकिस्तानसँग पनि चीनले गोलरहित बराबरी खेलेको थियो ।
कतारका लागि अक्रम अफिफले १७औं मिनेटमा गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो । अफिफले लेबनान विरुद्धको जितमा २ गोल गरेका थिए ।
८१औं मिनेटमा अमादोनी कामोलोभले रातो कार्ड पाएपछि ताजिकिस्तान १० खेलाडीमा समेटियो । समूहमा ६ अंकसहित कतार शीर्ष स्थानमा रहँदा चीनको २ अंक तथा ताजिकिस्तान र लेबनान समान १-१ अंक रहेको छ ।
एसियन कपमा बिहीबार ३ खेल हुँदै छन् । साँझ ५:१५ बजे समूह ‘बी’ मा रहेका सिरिया र अष्ट्रेलिया भिड्दा, सोही समूहमा भारत र उज्वेकिस्तानबीच साँझ ८:१५ बजे दोस्रो खेल हुनेछ। त्यस्तै, राति ११:१५ बजे समूह ‘सी’ को खेलमा प्यालेस्टाइन र युएई आमनेसामने हुनेछन् ।