काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा गरेको भ्रमणका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएकी हुन् ।
उनले एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने भन्दै त्यस विषयमा के भएको रहेछ भन्ने विषयमा बुझ्ने बताइन् ।
‘भारतीय प्रधानमन्त्रीको गुन्जी भ्रमणबारे हाम्रो ध्यानाकर्षण भएको छ । के हो भनेर हामी जानकारी लिने क्रममा छौँ । एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदाको प्रोटोकल जे हो, त्यो पूरा गर्नुपर्छ । थप बुझ्दै छौँ’, उनले भनिन् ।