बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • केदार कार्कीलाई मुख्यमन्त्री नियुक्तिको लागि दबाब दिन ४८ सांसद प्रदेश प्रमुखकोमा जाँदै


    हुलाक प्रेस

    • शुक्रबार, असोज २६ २०८००४:५०
    केदार कार्कीलाई मुख्यमन्त्री नियुक्तिको लागि दबाब दिन ४८ सांसद प्रदेश प्रमुखकोमा जाँदै

    काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न दबाब दिन कोशी प्रदेशका ४८ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित हुने भएका छन् ।

    बिहीबार नै नेकपा एमालेका ३९ र काङ्ग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेश सभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुने भएका छन् ।

    प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ५ बजेपछि नियुक्तिको प्रक्रिया सुरु गर्ने भनेकाले दबाब दिन सशरीर नै उपस्थित हुन लागेको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।


    प्रतिक्रिया दिनुहोस